उपकार लघुवित्तको संस्थापक शेयरको लकइन सकियो

Share News

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक तर्फको शेयरको लकइन सकिएको छ । कम्पनीले सर्वसाधारणमा २०७८ चैत २५ गतेदेखि ३० गतेसम्म कर्मचारी समेतमा आईपीओ विक्री खुला गरी २०७९ वैशाख ९ गते बाँडफाँट गरेको थियो । 

कम्पनीले सूचना जारी गर्दै संस्थापक तर्फको शेयरको लकइन माघ १६ गतेदेखि सकिएको जानकारी दिएको हो । कम्पनीको संस्थापकतर्फ ६४ प्रतिशत र सर्वसाधारणतर्फ ३६ प्रतिशत शेयर स्वामित्व छ । 

दोस्रो बजारमा कम्पनीको १० लाख ६१ हजार ४८२ कित्ता शेयर सूचीकृत छ । संस्थापक शेयरसमेत माघ १७ गतेदेखि सर्वसाधारणसरह कारोबारयोग्य भएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।