एनसेल फोरजी सेवा सुदूरपश्चिम र लुम्बिनीमा थप सुधार

Share News

काठमाडौं। एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीयस्तरका फोरजी सेवामा थप सुधार गरेको छ । आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले यी स्थानका फोरजी सेवामा थप सुधार गरेकोे हो । एनसेलले सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहाका फोरजी सेवामा सुधार गरेको हो । 

त्यसैगरी लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा सेवा सुधार गरिएको छ । २०७४ जेठ १८ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा शुरू गरेको कम्पनीले हाल यो सेवा ७७ ओटै जिल्लामा विस्तार गरी कुल जनसंख्याको ९२ दशमलव शून्य ९ प्रतिशत जनतामा यो सेवा पुगेको दाबी गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।