काठमाडौं। हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एसयूभी एक्स्टरको बुकिङ खुला गरेको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो । गत जुलाईमा भारतमा सार्वजनिक गरिएको एक्स्टर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयरको विजेता समेत हो । एक्स्टरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ । यसको डीआरएल एच प्याटर्नमा राखिएको र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्र्युमेन्ट क्लस्टर लगायत अन्य विशेषता रहेको बताइएको छ ।
१ दशमलव २ लिटर पेट्रोल इञ्जिनजडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । ६ कलर अप्सनमा आउने एक्स्टर नेपालमा ई, एस र एसएक्स गरी तीन भेरियन्ट मा उपलब्ध हुनेछ, जसकोे मूल्य क्रमश: ३४ लाख ९६ हजार, ४० लाख ९६ हजार र ४४ लाख ९६ लाख रुपैयाँ रहेको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।