इम्पेयरमेन्ट चार्ज घटेसँगै लक्ष्मी लघुवित्त रू. २ करोड १५ लाख नाफामा

Share News

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी नाफामा रहेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनी रू. २ करोड ४० लाख नोक्सानीमा रहेकोमा चालू आवको सोही अवधिमा रू. २ करोड १५ लाख नाफामा रहेको हो ।

चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेसँगै नाफामा गएको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. ८ करोड १७ लाख रहेकोमा चालू आवमा घटेर रू. २ करोड ५३ लाखमा झरेको हो । 

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा १२ प्रतिशत कम भएको छ । गत आवमा कम्पनीले रू. २० करोड ३३ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर रू. १७ करोड ८९ लाखमा झरेको हो । 

नाफा भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ९ रुपैयाँ ७५ पैसा धनात्मक छ । त्यस्तै मूल्य आम्दानी अनुपात ७७ दशमलव ७७ गुणा र प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ३५ पैसा छ । 

कम्पनीको चुक्ता पूँजी रू. ४४ करोड १६ लाख छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २७ करोड ३८ लाख सञ्चिति गरेको छ । 

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।