काठमाडौं। महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । लम्साल यसअघि कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत थिए । महालक्ष्मी विकास बैंकमा लामो समयदेखि कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकका महत्त्वपूर्ण क्षेत्रहरूमा साढे दुई दशकभन्दा बढीको बैंकिङ अनुभव रहेको छ । प्रमुख कार्यकारी अधिकृतमा लम्सालको नियुक्तिलाई बैंकले उत्साहको रूपमा लिँदै उनको सफल कार्यकालको कामना समेत गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।