काठमाडौं। काठमाडौं जिल्ला अदालतको आदेशअनुसार बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरी रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत माघ १८ गते बिहीवार काठमाडौंको लैनचौरबाट पक्राउ गरेका व्यवसायी चौधरीसहित तीनजना अदालतको आदेशअनुसार बुधवार छुटेका हुन् । चौधरी नेपाली कांग्रेसका सांसदसमेत रहेका व्यवसायी विनोद चौधरीका भाइ हुन् । सोमवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्न कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सिआइबीलाई आदेश दिएको थियो । बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ पर्नेमा बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।