नेपाली बजारमा स्पाइरोफाई

Share News

काठमाडौं। सिप्ला लिमिटेडले न्युमोटेकमा आधारित पोर्टेबल, वायरलेस स्पिरोमिटर ‘स्पाइरोफाई’ नेपालमा लन्च गरेको छ । यसले नेपालमा ‘अब्स्ट्रक्टिभ एयरवे डिजिज’ (ओएडी) पहिचानमा क्रान्ति ल्याउने कम्पनीको दाबी छ । यससँगै विश्वव्यापी रूपमा श्वासप्रश्वास स्वास्थ्यमा सिप्लाको नेतृत्वदायी भूमिका थप सुदृढ हुने कम्पनीले बताएको छ । सिप्लाको स्पाइरोफाईले देशभरका डाक्टरलाई विशेषगरी नेपालका ग्रामीण र दुर्गम क्षेत्रका बिरामीको प्रारम्भिक पहिचान गरेर जीवनस्तरमा सुधार गर्न मद्दत पुग्ने कम्पनीको भनाइ छ । सिप्लाका प्रबन्ध निर्देशक तथा ग्लोबल प्रमुख कार्यकारी अधिकृत उमंग बोहराले ६ दशकभन्दा बढी समयदेखि सिप्लाले भारतलगायत प्रमुख बजारमा लाखौं मानिसको जीवन जोगाउने सुलभ औषधिका साथै उपकरणको पहुँच पुर्याएको उल्लेख गरे ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।