सहकारी र लघुवित्तका समस्या समाधानबारे रास्वपाले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन, यस्तो छ पूर्णपाठ

Share News

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सहकारी र लघुवित्त संस्थाका समस्या समाधानका नीतिगत उपाय र योजनाबारेको प्रतिवेदन बुझाएको छ । पार्टी सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेको टोलीले मंगलवार (आज) प्रधानमन्त्री दाहाललाई भेटेर उक्त प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा एक वर्षका लागि बचत तथा ऋण कारोबार गर्ने सहकारी दर्ता, कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृतिका काम बन्द गर्नुपर्ने र सहकारीहरूले घरजग्गा लगायतका अनुत्पादनशील क्षेत्रमा गरिने लगानीलाई बन्द गर्नुपर्र्र्नेे सुझाव दिइएको छ । 

५० करोडभन्दा बढी कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकअन्तर्गत ल्याउनुपर्ने र बचतकर्ताको निक्षेप सुरक्षण गर्न सहकारी बचत तथा कर्जा सुरक्षण कोष तत्काल स्थापना गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ । 

१६ पृष्ठको उक्त प्रतिवेदन डा. वाग्लेको नेतृत्वमा पार्टीको अर्थनीति विभागले तयार पारेको हो । 

यस्तो छ प्रतिवेदनको पूर्णपाठ

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।