काठमाडौं । ज्योति क्यापिटल लिमिटेड र नगरकोट रिसोर्ट लिमिटेडबीच संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता भएको छ ।
संस्थागत परामर्श सेवासहित पूँजी संरचना परिवर्तन, प्राइभेट इक्विटीको व्यवस्था लगायतका कार्य गर्न आवश्यक परामर्श दिई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए बमोजिमका कार्य गर्ने गरी सम्झौता गरिएको बताइएको छ ।
सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र रिसोर्टका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा रिसोर्टका सञ्चालक निरजबहादुर राउत क्षेत्री र वित्तीय परामर्शदाता गोविन्द शर्मा गैरेको उपस्थिति थियो ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रूपमा रहेको क्यापिटलको चुक्ता पूँजी २१ करोड रुपैयाँ रहेको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।