म्याद गुज्रिएका सामान भेटिएपछि तीन होटललाई ९ लाख जरिवाना

Share News

काठमाडौं । होटलको किचन र स्टोरमा म्याद गुज्रिएका खाद्य वस्तु भेटिएपछि तीन ठूला होटललाई ९ लाख रुपैयाँ जरिवाना तिराइएको छ । 

बसेरा बुटिक होटल, हिमालयन होटेल र द्वारीकाज होटललाई ३/३ लाख गरेर ९ लाख रुपैयाँ जरिवाना तिराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ ।

नियमित बजार अनुगमनका क्रममा किचनमा प्रयोग हुने दुध, मेथी, ब्रेड, दही, जुस, आँटा लगायतका खाद्य वस्तु म्याद गुज्रिएका भेटिएपछि जरिवाना गरिएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले बताए । 

उनका अनुसार बसेरा होटलमा २२ सय ८० रुपैयाँको त्यस्तो सामान भेटिएको थियो । हिमालयन होटलमा १० हजार ८ सय रुपैयाँको र द्वारीकाज होटलमा ११ हजार रुपैयाँको म्याद सकिएको सामान भेटिएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।