महिला लघुवित्तको छैटौं वार्षिक साधारण सभा फागुन २७ गते, ४ जना सञ्चालकको निर्वाचन गर्ने, छैन लाभांश

Share News

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २७ गते छैटौं वार्षिक साधारण सभा गर्ने भएको  छ । फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले सभा हिमालय दृश्य रिसोर्ट, धुलिखेलमा बिहान ११ बजेदेखि शुरु गर्ने जानकारी दिएको हो । कम्पनीले यस वर्ष लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन । 

सभाले संस्थापक शेयरधनीबाट ४ जना सञ्चालक निर्वाचन गर्नेछ । सभामा अन्य लघुवित्त संस्थासँग गाभ्ने/गाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव छ । साथै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू  आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्दैछ । यस बुक क्लोजको आधारमा फागुन १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।