७ महीनामा लिपस्टिकबाटै ४१ करोडभन्दा बढी रकम बाहिरियो, कुन-कुन देशबाट हुन्छ आयात ?

Share News

काठमाडौं । चालु आर्थिक वर्षको ७ महीनामा विभिन्न मुलुकबाट ४१ करोड रुपैयाँभन्दा बढीको लिपस्टिक आयात भएको छ । 

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा गत साउनदेखि माघसम्ममा ४१ करोड १७ लाख ८७ हजार रुपैयाँको लिपस्टिक भित्रिएको हो । उक्त मूल्यको १ लाख २२ हजार ४५४ किलोग्राम लिपस्टिक आयात भएको विभागको तथ्याङ्कले देखाएको छ । 

गत वर्षको सोही अवधिमा नेपालले २३ करोड ४३ लाख ५ हजार रुपैयाँ बराबरको १ लाख ४७ हजार ८७ किलोग्राम लिपस्टिक आयात भएको थियो । गत वर्षको ७ महीनाको तुलनामा यो आवको सोही अवधिमा लिपस्टिकको आयात परिमाणमा १६ प्रतिशतले घटेको छ भने मूल्यमा ७५ प्रतिशतले बढेको छ ।

कुन–कुन देशबाट हुन्छ आयात ?

पछिल्लो ७ महीनाको तथ्यांक अनुसार नेपालमा लिपस्टिक आयात सर्वाधिक हुने देशको सूचीमा शीर्षमा चीन छ । सो अवधिमा चीनबाट १९ करोड ४८ लाख ८६ हजार रुपैयाँको ६८ हजार ११३ किलोग्राम लिपस्टिक नेपाल भित्रिएको छ । 

नेपालमा लिपस्टिक आयात सर्वाधिक हुने देशको सूचीमा दोस्रो स्थानमा भारत छ । पछिल्लो ७ महीनामा भारतबाट १६ करोड ८१ लाख ५४ हजार रुपैयाँको ५१ हजार ७४५ किलोग्राम लिपस्टिक आयात भएको छ । 

चीन र भारतसँगै नेपालले टर्की, इटाली, जर्मनी, संयुक्त राज्य, अमेरिका, थाइल्याण्ड, ताइवान, कोरिया, क्यानडा, फिलिपिन्स, हङकङ, मलेशिया, साउदी अरेबिया, पोल्याण्ड, जापान, नेदरल्याण्ड्स, युनाइटेड किंगडम, मेक्सिको, अस्ट्रेलिया, डेनमार्क, लक्जमबर्ग, पाकिस्तान, संयुक्त अरब इमिरेट्स, इजरायल, उजबेकिस्तान, फ्रान्स, ग्रीस लगायतका देशबाट लिपस्टिकको आयात गर्दै आएको छ । 

चालु आवको समीक्षा अवधिमा अमेरिकाबाट ३२ लाख ७४ हजार रुपैयाँ बराबरको २३३ सय केजी लिपस्टिक आयात भएको छ । 

७ महीनामा लिपस्टिक आयात भएका प्रमुख देश

देश  परिमाण (केजीमा)   मूल्य (रु हजारमा) 
चीन 68,113 194,886
भारत 51,745 168,154
टर्की 617 16,536
इटाली 374 10,985
जर्मनी 311 6,993
 संयुक्त राज्य अमेरिका  233 3,274
थाइल्याण्ड 202 3,240
ताइवान 38 2,519
कोरिया 86 2,146
चेक रिपब्लिक 24 452

स्रोत: भन्सार विभाग

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।