कोदो आयातमै वर्षेनी बाहिरिन्छ करोडौं रुपैयाँ, ७ महीनामा ५२ करोडभन्दा बढीको आयात

Share News

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष (आव) ७ महीनामा ५२ करोडभन्दा बढीको कोदो आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि माघ महीनासम्म नेपालले ५२ करोड ७५ लाख ८ हजार रुपैयाँको कोदो आयात गरेको छ । उक्त मूल्यको १ करोड ७ लाख १७ हजार २३६ किलोग्राम कोदो आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ४४ करोड ८५ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख १७ हजार ६२३ किलोग्राम कोदो आयात गरेको थियो । गत वर्षको ७ महीनाको तुलनामा यो आवको सोही अवधिमा उक्त अन्नबालीको आयात परिमाणमा १२ प्रतिशतले घटेको छ भने मूल्यमा १७ प्रतिशतले बढेको छ ।

नेपालले चीन, भारत लगायतका देशबाट कोदो आयात गर्दै आएको छ । तथ्याङ्क अनुसार  ७ महीनामा भारतबाट सबैभन्दा धेरै उक्त अन्नबाली आयात भएको छ । उक्त अवधिमा भारतबाट ५२ करोड ७६ लाख ६८ हजार रुपैयाँको १ करोड ७ लाख २१ हजार ३९३ किलोग्राम कोदो आयात भएको छ । त्यस्तै चीनबाट करोड १९ हजार रुपैयाँको १२५ किलोग्राम उक्त अन्नबाली आयात भएको विभागले जनाएको छ । 

कोदो आयातको पछिल्लो ५ वर्षको तथ्यांक

आव   परिणाम (केजीमा)   मूल्य (रू हजारमा) 

75/76

16854923

432170

76/77

16834055

547897

77/78

23391463

783738

78/79

20918342

702182

79/80

18403489

732013

स्रोत :भन्सार विभाग ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।