कोका–कोलाले बनायो ‘द लार्जेस्ट मोमो पार्टी’को गिनिज वल्र्ड रेकर्ड

Share News

काठमाडौं । कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोमो पार्टी’ का लागि गिनिज वल्र्ड रेकर्ड कायम गरेको छ । शुक्रवार बौद्ध, काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा सम्पन्न ‘काठमाडौं इज कुकिङ’को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’मार्फत गिनिज वल्र्ड रेकर्ड राखी कोका–कोलाले इतिहास रचेको बताइएको छ ।

कोका–कोलाले ५०० जनाभन्दा बढी उत्साही सहभागीका साथ यो कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा हरेक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईओटा म:म दिइएको थियो । कार्यक्रम लगभग १५ मिनेट चलेको र सहभागीले कोका–कोलासँगै स्वादिष्ट म:मको स्वाद लिएको कम्पनीले जानकारी दिएको छ ।

कोका–कोला नेपालकी देशीय निर्देशक चन्द्रिका कालियाले कम्पनीको उपलब्धिमा गर्व गर्दै कोका–कोला र म:म नेपालीलाई धेरै मन पर्ने प्रमाणित भएको बताइन् ।

कोका–कोलाले नेपालमा कोक र स्थानीय परिकारको अवधारणालाई आत्मसात् गर्न लगातार नौ वर्षदेखि म:म उत्सव अभियान आयोजना गर्दै आएको छ । कोका–कोलाले नेपालमा आफ्नो ५० वर्ष मनाउँदै गर्दा यो गिनिज वल्र्ड रेकर्ड उपाधिले कोका–कोलाको सांस्कृतिक एकता र मनोरञ्जन प्रदान गर्ने आफ्नो विरासतलाई कायम गरेको बताएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।