काठमाडौं। नेपाल एसबिआई बैंकका ग्राहकले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीमा छूट पाउने भएका छन् । छूट सम्बन्धमा बैंक र उक्त हस्पिटालिटीबीज बुधवार सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका सम्पूर्ण डेबिट कार्डवाहक तथा ‘योनो नेपाल एसबिआई’ प्रयोगकर्तालाई उक्त ग्रुपका २१ आउटलेटमा विभिन्न सेवामा छूट प्रदान गरिनेछ ।
ग्राहकले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छूट पाउनेछन् । उक्त सम्झौता बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीका प्रबन्धक नृपेश श्रेष्ठ र बैंकका वरिष्ठ प्रतिनिधिको उपस्थितिमा भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।