काठमाडौं। नेपालका लागि जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुराले वीरगञ्ज र परवानीपुरस्थित केएनपी जापानको फ्याक्ट्री अवलोकन भ्रमण गरेका छन् । भ्रमणका क्रममा उपप्रमुख तामुराले केएनपीको हेल्दी होम पेन्ट्सको उच्च प्रविधियुक्त उत्पादन प्लान्ट देखेर खुशी लागेको बताए । उनले फ्याक्ट्रीको सञ्चालन तरीका र सुविधाको समेत प्रशंसा गरेका थिए ।
उनले केएनपी जापानले सिसारहित र न्यून भीओसी भएको पेन्ट्स उत्पादन गर्दै आम सर्वसाधारणलाई स्वस्थकर पेन्ट्सको महत्त्व दर्शाउने काम गरेकोे बताएका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।