ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम

Share News

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्ग पहिचान गरी बैंकका १११ ओटा शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले ‘ग्लोेबल मनी विक २०२४’ को अवसर पारेर देशव्यापी रूपमा आयोजना गरेका विभिन्न कार्यक्रममा १४ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवाको सहभागिता रहेको बताइएको छ । बैंकले आफ्ना ३५४ ओटै शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।