दरबारमार्गमा हुने ‘होली पुन्ही’प्रायोजन गर्दै ओमोडा

Share News

काठमाडौं। विद्युतीय सवारीसाधन ब्रान्ड ‘ओमोडा’ले काठमाडौंको दरबारमार्गमा आज (आइतवार) हुने ‘होली पुन्ही २०२४’ कार्यक्रममा ‘ड्राइभ इ फ्युचर’ प्रायोजकको रूपमा सहकार्य गर्ने भएको छ । विगत ५ वर्षदेखि होलीको उत्सव आयोजना गर्दै आएको ‘अर्बिटरी इभेन्ट्स’ले यो वर्ष पनि ‘होली पुन्ही २०२४’ आयोजना गर्न लागेको हो । 

यस कार्यक्रमको प्रायोजकको रूपमा धेरै सहभागीहरूलाई आधुनिक, रमाइलो र ‘फ्युचरिस्टिक’ प्रविधिसँग जोड्दै र अविस्मरणीय अनुभव गर्न सहज बनाउने लक्ष्य राखिएको कम्पनीले जानकारी दिएको छ । होलीको अविस्मरणीय अनुभवका लागि ओमोडाले रोचक खेल लगायत विभिन्न गतिविधि सहितको स्टल राख्ने बताइएको छ । 

सहभागीहरूले रङ र संगीतमा उत्साहजनक मनोरञ्जन लिनुका साथै कार्यक्रममा भेक, यावेश थापा, आविष्कार केसी, डिजे बिपिएम, डिजे डान लगायतले संगीतिक प्रस्तुति दिने कार्यक्रम छ । नेपालमा ओमोडा अटोमोबाइल कम्पनीका लागि एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड आधिकारिक वितरक हो ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।