स्मार्ट वाच (घडी)को आयात घट्दै, ९ महीनामा २५ करोडको आयात

Share News

काठमाडौं । पछिल्लो ९ महीनामा नेपालमा स्मार्ट वाच आयात घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत्रमसान्त सम्ममा नेपालमा २५ करोड ८० लाख ६८ हजार रुपैयाँको स्मार्ट वाच आयात गरेको छ । उक्त मूल्यको १ लाख ८९ हजार ७६० थान स्मार्ट वाच आयात भएको विभागको तथ्यांक छ । 

गत आवको सोही अवधिमा ३२ करोड ३३ लाख १७ हजार रुपैयाँ बराबरको २ लाख १२ हजार ४०९ थान स्मार्ट वाच नेपाल भित्रिएको थियो । गत आवको उक्त अवधिको तुलनामा यो आवको सोही अवधिमा स्मार्ट वाच आयात परिमाणमा १० प्रतिशतले र मूल्यमा २० प्रतिशतले घटेको छ।

समिक्षा अवधिमा नेपालले चीन, भारत, भियतनाम, हंगकंग, संयुक्त राज्य अमेरिका, ताइवान, थाइल्याण्ड, अस्ट्रेलिया, जापान, संयुक्त अरब इमिरेट्स, युनाइटेड किंगडम, मलेसिया, पोर्तुगल, क्यानडा, साउदी अरेबिया, स्पेन, इटाली, नेदरल्याण्ड्स, मौरिसस, लेबनान, कतार, फिलिपिन्स, सिङ्गापुर, उज्बेकिस्तान, जोर्डन लगायतका देशहरूबाट स्मार्ट वाच आयात गरेको छ । 

नपालले स्मार्ट वाच आयात गर्ने प्रमूख देश

देश परिमाण (पिस) मूल्य (रु हजारमा)
चीन 169651 213095
भारत 19201 29890
भियतनाम 301 10777
हंगकंग 97 833
संयुक्त राज्य अमेरिका 44 679
ताइवान 221 650
थाइल्याण्ड 12 390
कोरिया 17 366
अस्ट्रेलिया 8 324
जापान 71 295

स्रोत: भन्सार विभाग

नेपालले सबैभन्दा धेरै स्मार्ट वाच चिनबाट आयात गर्ने गरेको छ । यो ९ महीनाको अवधीमा चिनबाट मात्रै २१ करोड ३० लाख ९५ हजार रुपैयाँ बराबरको स्मार्ट वाच आयात गरेको छ । यस्तै भारतबाट २ करोड ९८ लाख ९० हजार रुपैयाँ बराबरको स्मार्ट वाच आयात गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।