ताजग्रुपसँग चौधरी ग्रुपको नयाँ साझेदारी, ‘एक्यम' नामको संयुक्त भेन्चरको शुरूआत

Share News

काठमाडौं । नेपालको ठूो व्यवसायिक घराना चौधरी ग्रुपले भारतको ताज ग्रुपसँग मिलेर 'एक्यम' नामको संयुक्त भेन्चरको शुरूआत गरेको छ । सीज ग्रुपको सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले बुधबार मुम्बईमा एक कार्यक्रमकाबीच ताजसँगको बृहत साझेदारीमा हस्ताक्षर गरेका हुन् ।

नेपालको हस्पिटालीटी उद्योगलाई थप उचाइ दिन ताज ग्रुपसंग साझेदारी गरेको सीजी ग्रुपले जनाएको छ । चौधरीका ताज ग्रुपसँग मिलेर नेपालमा अहिले तीन ओटा होटल सञ्चालनमा छन् । भने थप तीन ओटा होटललाई ताजमा रुपान्तरण गर्ने गरी निर्माणको कार्य भइरहेको जनाएको छ ।

ताज ग्रुपसँगको सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई बढावा दिन सहयोग पुग्ने चौधरी ग्रुपको विश्वास छ । चौधरी ग्रुपले यसअघि नै ताज ग्रुपसँग सहकार्य गर्दै आएको छ । काठमाडौंको भिभान्ता, भरतपुरमा रहेको मेघौली सेराइ र  भिभान्तालाई मात्र नभएर नेपाललाई प्रमुख पर्यटकीय गन्तब्यकै रुपमा विश्वभर ताजको सञ्जालबाट प्रचार गर्ने  सहमति भएको चौधरी ग्रुपको भनाइ  छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।