डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घट्यो

फाइल तस्वीर ।

Share News

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र पेट्रोलको मूल्य घटाएको जनाएको छ । 

निगमका अनुसार पेट्रोलमा प्रति लिटर रु. ७ (सात) र डिजेल तथा मट्टितेलमा प्रति लिटर रु. ५ (पाँच) रुपैयाँले घटाइएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट आज १५ मे २०२४ (जेष्ठ ०२ २०८१ मा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ६ . ७५ र डिजेलको मूल्यमा प्रति लिटर रु. ५.०९ ले घटेर आएकोले निगम संचालक समितिको निर्णय अनुसार जेष्ठ ३ गते  बिहान १ बजेदेखि लागु हुनेगरी घटाइएको जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।