सुजल डेरीको ‘रस बदाम ड्रिंक’ बजारमा

Share News

काठमाडौं। सुजल डेरी प्रालिले नयाँ ब्रान्ड ‘रस बदाम ड्रिंक’ बजारमा ल्याएको छ । यसमा प्रयोग भएको क्यालिफोर्नियन बदाम, आयातित केसर र पोखरा तथा पोखरा वरिपरिबाट संकलन गरिएको दूधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट भएको कम्पनीको दाबी छ ।

रस बदाम ड्रिंक अन्तरराष्ट्रियस्तरको ‘अटोमेटेड मेसिन’बाट उत्पादन गरिएको बताइएको छ । यसमा बदामको स्वाद, साफ्रोनका गुडनेस र दूधको पोषण तत्त्वले उपभोक्तालाई रिफ्रेस गर्नुका साथै ऊर्जा पनि प्रदान गर्ने बताइएको छ । यसले शरीरलाई चहिने ऊर्जाले पनि त्यत्तिकै महत्त्व राख्ने भन्दै यो आवश्यकतालाई पूर्ति गर्न रस बदाम ड्रिंकले सघाउने कम्पनीको दाबी छ । रस बदाम ड्रिंकको १८० एमएल क्यान रू. १०० मूल्य कायम गरिएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।