कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन

Share News

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । 

आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसद आ–आफ्नो आसनबाट उठेपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक आगामी जेठ ६ गते आइतबार दिउँसो १ः१५ बजे बस्ने गरी स्थगित गरेका हुन् ।  

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर राष्ट्रियसभाको बैठक अवरोध गर्दै आएको छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।