लामिछानेको देउवालाई प्रश्न– डेढ वर्ष प्रधानमन्त्री बनाउने अफर 'डेट एक्सपायर' भयो कि बाँकी छ ?

Share News

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूलाई डेढ वर्ष प्रधानमन्त्री बनाउने अफर गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हिजोका दिनमा डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्नेको अफर 'डेट एक्सपाएर' भयो कि बाँकी छ । त्यसपछि म आफ्नो नैतीकताको परीक्षा दिउँला । यो कुराको जवाफ कांग्रेस सभापतिज्यूले दिइदिनुभयो भने मेरा लागि मान्य हुनेछ,’ उनले भने । 

उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप छ । यस विषयमा संसदीय छानबिन समिति बनाउन माग गर्दै नेपाली कांग्रेसलगायतका विपक्षी दलको माग छ । यही विषयमा छानबिन समिति बनाउनुपर्ने माग गर्दै कांग्रेसले केही दिनयता संसद अवरोध गर्दै आइरहेको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।