सहकारीको एक पैसा पनि मेरो बैंक खातामा जम्मा भएको छैन : लामिछाने

Share News

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको एक पैसा पनि आफ्नो बैंक खातामा नआएको दाबी गरेका छन् । सहकारीको रकम अपचलनबारे आफूमाथि लागेका आरोपबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै लामिछानेले यस्तो बताएका हुन् । 

उनले सहकारीले आफ्नो नाम उल्लेख गरेको भौचरको आधारमा आफूलाई दोषी बनाइएको आरोप लगाए । उनले आफूमाथि लागेका आरोपबारे लामो समयअघिदेखि नै जवाफ दिन खोजे पनि नपाएको बताए । 

लामिछानेमाथि लगाइएका आरोपको छानबिनको हुनुपर्ने माग राखी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही दिनयता संसद अवरोध गर्दै आइरहेको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।