गुगलले भारतमा पिक्सेल फोन उत्पादन गर्ने

Share News

काठमाडौं । संयुक्त राज्य अमेरिकाको बहुराष्ट्रिय कम्पनी गुगलले भारतमा पिक्सेल स्मार्टफोन उत्पादन शुरु गर्ने भएको छ ।

भारतको तमिलनाडुस्थित फक्सकन कारखानामा फोन उत्पादन गर्ने तयारी गरेको गुगलले यही क्यालेन्डर वर्षमा पिक्सेल स्मार्टफोनको उन्नत संस्करण बनाउने बीबीसीले जनाएको छ। गुगलले भारतमा पिक्सेल स्मार्टफोन बनाउने योजना गत वर्ष सार्वजनिक गरेको थियो ।

पिक्सेल स्मार्टफोनको उन्नत संस्करण बनाउनका लागि गुगल र फक्सकनबीच सम्झौता भएको बीबीसीले जनाएको छ । तमिलनाडुमा फक्सकनको दुईवटा उद्योग छन् । चेन्नेई शहर नजिकै रहेको एक उद्योगमा कम्पनीले एप्पलको आईफोन असेम्बल गर्छ । बीबीसी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।