काठमाडौं। नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकलाई असाधारण डिल र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्ने उद्देश्यले सोमवार शुरू भएको यो अभियान जेठ १९ सम्म चल्ने बताइएको छ ।
‘च्याम्पियन्स एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, आरटी–एफआई, बीएस–भीआई, राइड मोड र जीटीटी (ग्लाइड थ्रु ट्राफिक) जस्ता नवीनतम प्रविधिले सुसज्जित टिभिएस मोटरसाइकल मोडलमा विभिन्न लाभ लिन सकिने बताइएको छ । यी सुविधाले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्ने बताइएको छ ।
यस अवधिमा ग्राहकले टीभीएसका बाइक तथा स्कुटरको खरीदमा रू. ६ हजारसम्मको क्यास डिस्काउन्टका साथै पुरानो मोटरसाइकलमा रू. ६ हजारसम्मको थप मूल्यांकन र रू. ३ हजार ९९९ प्रति महीनाको ईएमआई पनि उपलब्ध गराएको कम्पनीको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।