काठमाडौं । सरकारले विभिन्न प्रकारका कर्जाको ब्याजमा दिँदै आएको अनुदानका लागि बजेट घटाएको छ ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसदका दुवै सदनको बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा ११ अर्ब विनियोजन गरेको जानकारी दिए ।
चालू आर्थिक वर्षमा सरकारले ब्याज अनुदानका लागि ११ अर्ब ५९ करोड रुपैयाँ छुट्याएको छ । सरकारले हाल विभिन्न १० प्रकारका कर्जामा ब्याज अनुदान दिँदै आएको छ ।
यसैगरी अर्थमन्त्री पुनले सहूलियपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि पुनरावलोकन गर्ने घोषणा पनि गरे । ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुर्याउनका लागि डिजिटल बैंकिङ, घुम्ती बैंकिङ र मोबाइल बैंकिङलाई प्रोत्साहन गर्ने बजेटमा उल्लेख छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।