काठमाडौं । सरकारले खेल पूर्वाधार विकासका लागि १ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलवार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।
बजेटमा काठमाडौंको मुलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा विस्तार गर्ने उल्लेख छ ।
भरतपुरमा निर्माणाधीन गौतमबुद्ध रंगशालालाई संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अघि बढाइनुका साथै कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालालाई स्तरोन्नति गर्ने र फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिने सरकारको योजना रहेको उनले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।