डिल्लीबजारमा बहुतले संरचना र खुमलटारमा ‘ज्ञान पार्क’ निर्माण गरिने

Share News

काठमाडौं । सरकारले काठमाडौं उपत्यका र बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन समेत उपयोग गरी उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षा लगायतको पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालनको काम अगाडि बढाउने घोषणा गरेको छ। 

मंगलवार आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो पार्कमा तीन वर्षका लागि वर्क स्टेसन सञ्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराइने बताएका छन् । 

सार्वजनिक, निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हब सञ्चालनको लागि काठमाडौंको डिल्लीबजारस्थित चारखालमा बहुतले संरचना निर्माण गरिने अर्थमन्त्री वर्षमान पुनले बताए ।

साथै, ललितपुरको खुमलटारमा ‘ज्ञान पार्क’ स्थापना गर्न १७ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।