काठमाडौं। मोबाइल फोन र घरायसी इलेक्ट्रोनिक्सको मल्टिब्रान्ड स्टोर ‘स्वीच अन रिटेल प्रालि’ले आफ्नो चौथो आउटलेट काठमाडौंको न्यूरोडमा खोलेको छ । स्टोरको कम्पनीकी प्रबन्ध निर्देशक सीमा गोल्छाले उद्घाटन गरेकी हुन् । कम्पनीले चालू आर्थिक वर्षभित्र तीनओटा नयाँ शोरुम खोलेको बताइएको छ । न्यूरोड आउटलेटले ग्राहकलाई विभिन्न योजनाका साथैै किस्ताबन्दी र एक्सचेञ्ज सुविधा उपलब्ध गराउने बताइएको छ ।
प्रबन्ध निर्देशक गोल्छाले ग्राहकसँग नजिकको सम्बन्ध कायम राख्ने आकांक्षामा सामान उचित मूल्यमा उपलब्ध गराउने मात्र नभई सहज तरीकाले गुणस्तरीय सामान खरीद गर्न विभिन्न योजना उपलब्ध गराइने बताइन् । स्टोरले किस्ता योजनाअन्तर्गत शून्य प्रतिशत ब्याज दरमा न्यूनतम प्रक्रिया पूरा गरेर सामान उपलब्ध गराउने बताएको छ । एक्सचेञ्ज सुविधाले टिभी, फ्रिज, वासिङ मेशिन, एयर कन्डिसनर वा मोबाइल फोनहरू नयाँ उत्पादनमा अपग्रेड गर्ने सुविधा दिएको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।