टीभीएस एनओजी राइडको दोस्रो च्याप्टर सम्पन्न

Share News

काठमाडौं। नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंमा टीभीएस एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडको दोस्रो च्याप्टर सम्पन्न गरेको छ ।

केही दिनअघि आयोजना भएको राइड टीभीएसको बानेश्वर शोरूमबाट शुरू भएर ह्वाइट हाउस रिसोर्ट हुँदै बोसन डाँडा पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीबीच विभिन्न खेल पनि खेलाइएको थियो । साथमा सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

करीब ५० जना राइडर सहभागी उक्त राइड सम्पूर्ण सुरक्षा सावधानी अपनाई प्रशासनको अनुमति लिएर सञ्चालन गरिएको थियो । टीभीएसकी प्रोडक्ट हेड करुणा पुडासैनीले नेपालमा १ लाख एनटर्क विक्री भएको अवसरमा राइड गरिएको बताइन् । उक्त राइडमा हेड मार्सलले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी प्रदान गरेका थिए । राइडले एनओजी ग्रुपका राइडरबीचको सद्भावलाई पनि बलियो बनाएको आयोजकको विश्वास छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।