अमेरिकामा राष्ट्रपति चुनावअघि जो बाइडेनका छोरा दोषी ठहर

Share News

एजेन्सि । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई अवैध रूपमा बन्दुक खरिद गरेको र लागुऔषध प्रयोगको बारेमा झूटो बोलेको अभियोगमा दोषी ठहर गरिएको छ ।

डेलावेयरको संघीय अदालतमा १२ सदस्यीय जूरीले हन्टरलाई लाइसेन्स प्राप्त बन्दुक व्यापारीसँग झूटो बोलेकोमा दोषी पाएका हुन् ।उनले लागूपदार्थ प्रयोग गरेको र ११ दिनसम्म अवैध रूपमा बन्दुक राखेको बारे निवेदनमा झूटो दाबी गरेका हुन्।

अमेरिकामा लागूऔषध सेवन गर्ने व्यक्तिले बन्दुक वा हतियार राख्न नपाउने कानुन छ । हन्टरले जूरीको अगाडि आफ्नो निर्दोषता प्रमाणित गर्ने प्रयास गरेका थिए। हन्टर कुनै अपराधमा दोषी ठहर हुने अमेरिकी वर्तमान राष्ट्रपतिको पहिलो सन्तान हुन्।

जो बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफूले निर्णय स्वीकार गर्ने र न्यायिक प्रक्रियाको सम्मान गर्ने बताएका छन्। उनलाइ सजायको मिति भने तय गरिएको छैन्।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।