काठमाडौं। टेलिभिजन ब्रान्ड सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ । सामसङले टेलिभिजन खरीद गर्दा ३८ प्रतिशतसम्मको छूट प्रदान गर्ने बताइएको छ । यस अफरमा चयन गरिएका ठूलो मोडलका टिभी खरीद गर्दा नि:शुल्क साउन्डबार प्राप्त गर्न सकिने बताइएको छ । अन्य टिभीसँगै साउन्डबारमा ५० प्रतिशतसम्म क्यासब्याकको अफर पनि उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।
यो अफर सामसङ इन्स्टा फाइनान्सको साथ पनि प्राप्त गर्न सकिने बताइएको छ, जसले ग्राहकलाई १८ महीना अवधिका लागि शून्य प्रतिशत ब्याज ईएमआईमा सामसङका नवीनतम टिभी खरीद गर्न सकिने बताइएको छ । कम्पनीले पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीलाई नयाँ सामसङ टिभीसँग एक्सचेन्ज सेवा पनि उपलब्ध गराएको छ । यो योजना ३१ असारसम्म लागू हुने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।