चितवनको सुनचाँदी पसलबाट ३ केजी सुनसहित दुई लाख नगद चोरी

Share News

चितवन । जिल्लाको कालिका नगरपालिका–६, खोलेसिमल बजारस्थित सुनचाँदी पसलबाट सुनचाँदीसहित नगद चोरी भएको छ । 

शनिवार राति ८ बजेर ४० मिनेटमा विनोद सुनारको पसलबाट अन्दाजी ३ केजी सुन, ३५ केजी चाँदी र दुई लाख रुपैयांँ नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । 

घटनाको जानकारी पाएलगत्तै प्रहरी उपरीक्षक नेतृत्वको टोली घटनास्थल पुगेको र घटनाको सुक्ष्म अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ । 

चोरी भएको भनिएकोमध्यको ७७६.८१ ग्राम सोही पसलमा फेला परेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।