बजाज पल्सर एन १५० नेपाली बजारमा

Share News

काठमाडौं। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ । यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुवैका लागि उपयुक्त रहेकोले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको अपेक्षा छ । पल्सर एन १५० मा ब्लुटुथ कनेक्टिभिटीसहितको कल तथा एसएमएस अलर्ट रहेको बताइएको छ । त्यसैगरी यसका फ्युल इन्जेक्सन सिस्टम र बिएस ६ ले यो बाइकलाई झनै इफिसियन्ट बनाउने कम्पनीको दाबी छ ।

एरोडायनामिक थ्रीडी फ्रन्टसहितको स्लीक डिजाइनमा उपलब्ध यो मोटरसाइकलमा मस्कुलर डायनामिक ट्यांकी पातलो वेस्ट भाग र सिंगल फ्याट सिटले यसको लुकलाई आकर्षक बनाएको बताइएको छ । शक्तिशाली र स्मुथ १४९ दशमलव ६८ सीसी इन्जिनले सुसज्जित पल्सर एन १५० ले १४ दशमलव ५ पीएस पावर र १३ दशमलव ५ एनएम टर्क उत्पन्न गर्छ भने यसले ४८ किमीको प्रभावशाली माइलेज पनि दिने कम्पनीले जनाएको छ । यसको मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।