बीवाईडी गाडीमा कर छलीको आशंका, आयातकर्ता साइमेक्स इंकका कागजात नियन्त्रणमा

बीवाईडी गाडी ।

Share News

काठमाडौं । बढी क्षमताका बीवाइडीका गाडीमा कम क्षमता देखाएर भन्सार छुटाएको आशंकामा राजस्व अनुसन्धान विभागले आयातकर्ता साइमेक्स इंकका कागजात नियन्त्रणमा लिएको छ । 

अनुसन्धान अधिकारीहरूका अनुसार आयातकर्ताले पछिल्लो समय ठूलो मात्रामा त्यस्ता गाडीहरू भित्र्याइरहेका छन् । ती गाडीहरू कम क्षमताको देखाएर कर छली गरेको उजुरीका आधारमा आयातकर्ताको कागजपत्र नियन्त्रणमा लिएर विभागले अनुसन्धान थालेको हो । 

विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार नेपालको विक्रेतासमेत रहेको साइमेक्स इंकका कागजपत्र नियन्त्रणमा लिएको पुष्टि गरे । यसबारे अनुसन्धान अघि बढिसकेकाले छिट्टै टुंगोमा पुगिने उनले बताए ।  

पछिल्लो समय ठूलो मात्रामा बीवाईडी गाडी आयात भइरहेको छ । खासगरी बजेट आउने दिन गत जेठ १५ गते राति मात्रै सयौं गाडीहरू रसुवागडी, तातोपानी नाकाबाट भित्रिएका थिए । 

बजेटपछि कर बढेका कारण अहिले गाडीहरू त्यति धेरै नभित्रिएको भन्सार अधिकारीहरूले बताएका छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।