काठमाडौं। अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वक्र्सले महिन्द्रा बोलेरो गाडीका ग्राहकलाई लक्षित गरी असार ९ देखि २१ गतेसम्मका लागि ‘ज्याला फ्री, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना ल्याएको छ, जुन डेन्टपेन्ट र बाहिरी श्रममा लागू नहुने बताइएको छ । यसको लाभ उठाउन ग्राहकले कम्तीमा रू. १ हजारको स्पेयर पार्ट्स खपत गर्नुपर्ने बताइएकोे छ ।
यो योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वक्र्सअन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा मात्र लागू गरिएको बताइएको छ । साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै योजनाअन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरीद तथा विक्री वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ । सो योजनाअन्तर्गत गाडी खरीद गर्दा थप वारेन्टी, फ्री सर्भिसिङ, अग्नि हायर पर्चेजमार्फत सरल फाइनान्सिङ लगायत अन्य सुविधा पनि उपलब्ध गराउने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।