दुधको भुक्तानी नपाएको भन्दै किसान फेरि आन्दोलनमा [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । दुध बेचेको रकम भुक्तानीको माग गर्दै किसान फेरि आन्दोलनमा उत्रिएका छन् । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको नेतृत्वमा किसान बुधवारदेखि पुन: आन्दोलनमा उत्रिएका हुन् । 

उनीहरूले बिहीवार काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी)को कार्यालय घेराउ गरेका छन् । बुधवार भने उनीहरूलाई डीडीसीको कार्यालय घेराउ गर्न लाग्दा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका किसानलाई केही समयपछि छोडिएको थियो । 

डेरी उद्योगीलाई दूध बेचेबापत देशभरका ६ लाख किसानले ७ महीनादेखिको रकम पाएका छैनन् । उनीहरूले दुध बेचेको करीब ४ अर्ब रुपैयाँ भुक्तानी पाएका छैनन् । 

किसानको पैसा दिन डेरी उद्योगी र सरकारबीच यसअघि पटकपटक सम्झौता भइसकेको छ । तर, उद्योगीले सम्झौताको बेवास्ता गरिरहेको आन्दोलनरत किसानले आरोप लगाएका छन् । 

यसअघि पनि किसान दुधको भुक्तानी माग्दै आन्दोलनमा उत्रिएका थिए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।