काठमाडौं । सोकोन ईसी ३६ यात्रु भ्यानको नेपाली बजारमा सार्वजनिक भएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमएडब्लु कमर्सियल भेहिकलका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता र महानायक राजेश हमालले संयुक्तरूपमा सोकोन ईसी ३६ का पहिलो ४१ जना खरीदकर्तालाई गाडीको चाबी हस्तान्तरण गरे । भ्यानको मूल्य रू. ४५ लाख ५० हजार छ ।
ईसी ३६–१ (११ सिटे) ईभी यात्रु भ्यान हो, जसले ३०० किलोमिटरको रेन्ज प्रदान गर्दछ । यसमा ६० किलोवाटको इलेक्ट्रिक मोटरले २०० एनएम टर्क उत्पन्न गर्छ । यसमा जडान गरिएको ४२ केडब्लूएचसी एटीएल ब्याट्री छ ।
भ्यानमा एबीएस, ईबीडी, रिभर्स राडार र क्यामेरा जस्ता सुरक्षाका सुविधा छन् । यसमा सामान्यतया महँगो ईभीमा मात्र पाइने रिजेनेरेटिभ ब्रेकिङ प्रणालीको सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । भ्यानमा प्रयोग गर्न अति सजिलो टचस्क्रिन मल्टिमिडिया÷इन्फोटेनमेन्ट सिस्टम पनि छ ।
एमएडब्लू ग्रुप अफ कम्पनीजका अध्यक्ष विष्णुकुमार अग्रवालका अनुसार एमएडब्लूले गुणस्तरीय अटोमोबाइल मात्र नभई सर्भिस र स्पेयर पाट्र्सलाई पनि प्राथमिकता दिएको छ ।
सन् १९८६ मा स्थापित सोकोन दक्षिणपश्चिम चीनको सबैभन्दा ठूलो निजी अटो कम्पनी हो । हालसम्म कम्पनीले ३५ लाख सवारी साधनहरू विश्वव्यापी रूपमा डेलिभर गरिसकेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।