इलेक्ट्रिक एसयूभी गाडी ‘सेरेस ३’ नेपाली बजारमा

Share News

काठमाडौं । नेपाली बजारमा सेरेसको नयाँ इलेक्ट्रिक एसयूभी गाडी सार्वजनिक भएको छ ।

नेपालका लागि सेरेस ईभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले बुधवार इलेक्ट्रिक गाडी ‘सेरेस ३’ सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा सेरेसका उपाध्यक्ष जो झोउ र एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालको उपस्थिति थियो ।  

यो एसयूभी ग्रामीण क्षेत्रको सडकमा पनि उपयुक्त हुने कम्पनीले जनाएको छ । नयाँ सेरेस ३ को बाहिरी आवरणमा रि–डिजाइन गरिएको छ भने अगाडिको बम्परमा परम्परागत लोगोलाई प्रतिस्थापन गरी पातलो गरी सेरेस लेखिएको छ । यसको भर्टिकल डेटाइम रनिङ लाइटले कारको सौन्दर्यलाई अझ बढाएको छ । 

क्याबिनमा प्रयोग भएको लक्जरियस डबल कुशन सिट, पर्याप्त लेग रूम र १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमले यात्रालाई अझ बढी शानदार र विलासिता दिने कम्पनीले विश्वास लिएको छ । 

गाडीमा एड्भान्स्ड एडास फिचरसहित अफलाइन जीपीएस नेभिगेसन र युरोपेली मापदण्डको सेग्मेन्ट फस्ट ड्यास क्याम छ । यसमा ६ वे इलेक्ट्रिकल्ली एड्जस्टेबल सिट छ, जसले यात्रालाई आरामदायी बनाउने कम्पनीले बताएको छ । 

नयाँ सेरेस ३ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ, जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार रुपैयाँ र ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।