काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा प्रकाशराज शर्मा नियुक्त भएका छन् । उनलाई सर्वसाधारण समूहको तर्फबाट सञ्चालक पदको बाँकी कार्यकालको लागि नियुक्त गरिएको हो । साथै बिहीवार सम्पन्न सञ्चालक समितिको बैठकबाट शर्मालाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ ।
नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षसमेत रहिसकेका शर्माको कृषि, विभिन्न लघुवित्त एवं बैंक तथा वित्तीय क्षेत्रमा करीब चार दशक लामोे कार्यानुभव रहेको बताइएको छ । उनले व्यवसाय प्रशासन विषयमा स्नातकोत्तर तथा कृषि विज्ञान विषयमा स्नातकको उपाधि हासिल गरेका छन् । उनको नेतृत्वमा संस्थाले नयाँ उचाइ हासिल गर्ने संस्थाको विश्वास छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।