काठमाडौं । न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२४ भोलि हुने भएको छ । न्यू बिजनेश एज प्रालिको आयोजनामा उक्त अवार्डस् कार्यक्रम हुन लागेको हो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडसमेत प्रायोजक रहेको उक्त कार्यक्रममा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड इन वुमन आन्त्रप्रेनरशिप’सहित १२ विधामा अवार्ड दिइनेछ, जसमा ‘प्रोफेसन वुमन अफ एक्सलेन्स’, ‘पायोनियर सोसियल आन्त्रप्रेनर अफ दि इयर’, ‘वुमन इन टेक’ र ‘दि बेस्ट वुमन आन्त्रप्रेनर’ विधामा अवार्ड दिइनेछ ।
यस्तै, ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ विधामा भने सातै प्रदेशका एक–एक जनालाई अवार्ड दिइनेछ । उनीहरूलाई जनही ५१ हजार रुपैयाँ पुरस्कार समेत दिइनेछ ।
कार्यक्रमअन्तर्गत ‘स्ट्रेन्दनिङ वुमन्स बिजनेश लिडरशीप’ थिममा प्यानल छलफल गरिने भएको छ, जसमा वक्ताको रूपमा राष्ट्रिय योजना आयोगको आर्थिक व्यवस्थापन शाखाका प्रमुख एवं सहसचिव महेश भट्टराई, टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्वस्तिका श्रेष्ठ र इम्प्याक्ट हब, काठमाडौंकी कार्यकारी निर्देशक पद्माक्षी राणा छन् । उक्त छलफलमा स्टार्टअप डिस्कभरी एशियाकी सहसंस्थापक एवं कार्यक्रम प्रमुख समानता थापाले सहजकर्ताको भूमिका निर्वाह गर्नेछिन् ।
उक्त कार्यक्रमका अन्य प्रायोजकमा साल्ट ट्रेडिङ कर्पाेरेशन, डोभ, सिटिजन लाइफ इन्स्योरेन्स, हिमालय एयरलाइन्स, कजरिया, एनएलजी इन्स्योरेन्स कम्पनी, ओमोडा ईभी, रिलायबल लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कृषि विकास बैंक छन् । यस्तै, जीवन बीमा पार्टनरको रूपमा आईएमई लाइफ रहेको छ ।
न्यू बिजनेश एजले गर्न लागेको यो कार्यक्रम सन् २०२१ देखि थालिएको न्यूबिज बिजनेस वुमन समिट एण्ड अवार्डस् शृंखलाको चौथो संस्करण हो । कम्पनीले यो लगायत अन्य विभिन्न कार्यक्रम पनि गर्दै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।