काठमाडौं। चिया उत्पादक राकुराले नेक्स्ट जेनरेसन चिया सार्वजनिक गरेको छ । कम्पनीले ‘म्याजिक नट टि–ब्याग’ सार्वजनिक गरेको हो, जसमा अत्याधुनिक ‘ट्यान्डेम एयर नटेड’ प्रविधि प्रयोग गरिएको बताइएको छ । यसमा गैर ताप सिल (नन् हिट सिल) गरिएको र नेपालको एकमात्र पूर्ण प्लास्टिक र ग्लु मुक्त टि–ब्याग रहेको कम्पनीको दाबी छ ।
यसमा प्रयोग गरिएको अनब्लिच्ड फिल्टर कागजले नयाँ उत्पादनलाई उत्कृष्ट स्वच्छ स्वादको चिया अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । म्याजिक नट चियाको थैलीमा विश्वकै पहिलो प्रमाणित जैविक, अनब्लिच्ड धागो जस्ता सामग्री प्रयोग गरेको बताइएको छ । कम्पनीले नयाँ २१ प्रकारका चिया उत्पादन गरेको र मौजुदा चिया र मिश्रणमा पनि सुधार ल्याएको जानकारी दिएको छ ।
कम्पनीले विश्वमा सर्वोत्तम चिया उत्पादन गर्न कम्पनीले अनुसन्धान गर्दै आएको उनले जानकारी दिए । यी चियाको भेरियन्टको आधारमा प्रति प्याकेट रू. १७९ देखि २७९ सम्म कायम गरिएको बताइएको छ । यी चियाहरू आउँदो हप्तादेखि काठमाडौं र एक महीनाभित्र देशभर उपलब्ध हुने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।