नेपालमा भिडोल लुब्रिकेन्टको उत्पादन शुरू

Share News

काठमाडौं। लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन शुरू गरेको छ । युनाइटेड लुब्रिकेन्ट प्रालिले भिडोलको उत्पादन गर्न थालेको हो । भिडोल इन्टरनेसनल, यूकेसँग ट्रेडमार्क लिई यसको उत्पादन शुरू गरिएको कम्पनीका बिजनेस हेड दिनेश खनालले बताए । 

अटोमोटिभ र इन्डष्ट्रियल प्रयोजनमा प्रयोग हुने सबै रेन्जका भिडोल लुब्रिकेन्ट उत्पादन शुरू गरिएको खनालले जानकारी दिए । भिडोल इन्टरनेसनलसँग टेक्नोलोजी ट्रान्सफर गरी यसको ट्रेडमार्क प्रयोग गरेर लुब्रिकेन्ट उत्पादन थलिएको उनले जानकारी दिए । ‘अन्तरराष्ट्रिय रूपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिह्न पाए बराबरको गुणस्तर यसमा हुनेछ ।

लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चापदार्थ सबै गुणस्तरीय प्रयोग गरेका छौं,’ उनले भने । धनुषाको ढल्केवरमा ब्लेन्डिङ प्लान्ट स्थापना गरेको कम्पनीले यसअघि स्वदेशी ब्रान्ड नेपाल गोल्डलाई बजारमा ल्याइसकेको छ । यो लुब्रिकेन्ट सवारीसाधनतर्फ मोटरसाइकल, कार, मिनीभ्यान, एसयूभी र कमर्सियल तथा हेभी इक्विपमेन्टमा प्रयोग भइरहेको छ । साथै यसको प्रयोग उद्योगहरूमा पनि हुँदै आएको बताइएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।