एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना, यस्ता छन् प्याकेज ?

Share News

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले व्यवसायीलाई लक्षित गर्दै फाइभजी भिजनमा आधारित ‘बिज सधैं अन’ योजना ल्याएको छ । यो योजनामार्फत उद्योग, संघसंस्था, ठूला, साना तथा मझौला व्यवसायीले लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

यसअन्तर्गत कम्पनीले ४९९ देखि १९४९ रुपैयाँसम्मका पाँच ओटा प्लान ल्याएको छ । यी प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै ‘लायन्सगेट प्ले’ र ‘मेरो लगानी’ एप पनि बन्डल गरिएको छ । 

लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने कम्पनी हो भने मेरो लगानी एपले शेयर बजारमा भएको नाफा, नोक्सान ट्रयाक गर्छ । 

४९९ रुपैयाँको योजनाअन्तर्गत ग्राहकले १० जीबी डेटा, ६०० मिनेट नेपालभर कुरा गर्न टक टाइम र ५०० मिनेट लोकल एसएमएस प्राप्त गर्न सक्छन् । त्यस्तै ६४९ रुपैयाँको योजनाअन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० ओटा एसएसएस पठाउन सक्छन् । ९९९ रुपैयाँको योजनाअन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र एक हजार लोकल एसएमएस पठाउन पाउँछन् । 

सेवाको आवश्यकता धेरै भएका ग्राहकले १५९९ र १९४९ रुपैयाँको मासिक योजना लिन सक्छन् । १५९९ रुपैयाँ तिर्ने ग्राहकले ८५ जीबी डेटा, अनलिमिटेड कल तथा एसएमएसको सुविधा पाउनेछन् । त्यस्तै मासिक १९४९ रुपैयाँ तिर्ने ग्राहकले ८५ जीबी डेटा, अनलिमिटेड कल तथा एसएमएसको सुविधा पाउनेछन् । अन्य प्लान जस्तै यी दुवै प्लानमा पनि ‘लायन्सगेट प्ले’ र मेरो लगानी एपको सुविधा समावेश छ ।

ग्राहकले लिएको योजनाअन्तर्गतको सेवा सकिएमा ग्राहकले प्रतिएमबी पाँच पैसामा वा १ जीबी डेटाको ५० रुपैयाँमा बुस्टर प्याक खरीद गर्न सक्छन् ।

बुस्टर प्याकअन्तर्गत नै ग्राहकले ३० रुपैयाँमा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन् । त्यस्तै ५० रुपैयाँमा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपालभर लोकल कलको सुविधा प्राप्त गर्न सक्छन् ।

यसका साथै ‘बिज सधैं अन’ योजनामा सहभागी ग्राहकले स्पेसल सर्भिस लाइन ९००७ वा ९८०९००७००० का कल गरी ग्राहक सेवा र प्रिभिलेज काउन्टर सुविधा पनि पाउन सक्छन् । बिजनेस तथा पोस्टपेड ग्राहकले *१२३# डायल गरी ‘बिज सधैं अन’ योजना सजिलै अपग्रेड गर्न सक्छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।