जनकपुर भन्सारद्वारा रू. ४४ करोड ५४ लाख राजस्व संकलन

Share News

जनकपुरधाम। जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को असार २५ गतेसम्ममा रू. ४४ करोड ५४ लाख ८७ हजार राजस्व संकलन गरेको छ । कार्यालयले चालू आवमा रू. ५१ करोड ७४ लाख ९० हजार राजस्व संकलनको लक्ष्य पाएको जनकपुर भन्सार कार्यालयका सूचना अधिकारी रबिन्सलाल दासले बताए । 

कार्यालयका अनुसार गत आव २०७९/८० को तुलनामा चालू आवको असार २५ गतेसम्ममा उक्त भन्सारको राजस्व करीब ४४ प्रतिशतले बढेको छ । गतवर्ष कार्यालयले रू. ४९ करोड ४४ लाख ५१ हजार राजस्व संकलनको पाएकोमा रू. ३० करोड ९६ लाख ६८ हजार असुली गरेको थियो । जनकपुर भन्सार कार्यालय, जटही नाकाबाट आयात हुने प्रमुख वस्तुमा कपडा, खेलकुदका सामग्री, हार्डवेयर र रासायनिक मल लगायत रहेको कार्यालयका सूचना अधिकारी दासले बताए । कार्यालयले राजस्व असुली बढाउन सीमा नाकाहरूमा नियमित अनुगमन, सुरक्षाकर्मीसँग समन्वय र सहकार्यमा जोड दिएको जानकारी उनले दिए ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।