प्राइम सेरामिक्स सञ्चालनको पहिलो वर्ष पूरा

Share News

काठमाडौं। टाइल्स उत्पादक कम्पनी प्राइम सेरामिक्स प्रालिले सञ्चालनको पहिलो वर्ष पूरा गरेको छ । २ अर्ब रुपैयाँको लगानीमा कम्पनीले गतवर्ष असारदेखि रौतहटमा रहेको अत्याधुनिक फ्याक्ट्रीमार्फत इटालीयन प्रविधि प्रयोग गरी टाइल उत्पादन शुरू गरेको थियो । एक वर्षको अवधिमा कम्पनीेले २ करोड स्क्वायर फिटभन्दा बढी टाइल विक्री गरेको जानकारी दिएको छ । 

कम्पनीले भित्ता र फ्लोर टाइलको ३५० भन्दा बढी डिजाइन, १२० डिलरको बलियो नेटवर्कमार्फत विक्री वितरण गर्दै आएको कम्पनीको भनाइ छ । कम्पनीले नेपालमा पहिलो पटक ‘बिल्डकन २०२४’ मा स्पिरिट अफ नेपाल कलेक्सन लन्च गरेको थियोे, जसमा मिथिला आर्ट, थांका, पौवा आर्ट, ढाका परिधान, गोदावरी मार्बल डिजाइन र लोकल फ्ल्याग स्टोन लगायतका नेपालका कला र संस्कृतिलाई टाइल्समा प्रयोग गरिएको थियो । आयातित टाइल्सलाई आंशिक रूपमा प्रतिस्थापन, विदेशी मुद्राको बचत, स्थानीय रोजगारीमा वृद्धि तथा नेपाली खनिज स्रोतको उचित उपयोग गरेको कम्पनीको दाबी छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।