काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमन्त्री केपी शर्मा ओलीको बखान गर्दै ओली नेतृत्वको सरकारका पालामा मुलुकले उन्नतिको बाटो समात्ने बताएका छन् । देउवाले ओली मिहिनेती, अध्ययनशील र अनुभवी भएकाले उनको नेतृत्वको सरकारले मुलुकलाई उन्नतितर्फ लैजाने बताएका हुन् ।
‘सम्माननीय प्रधानमन्त्री अत्यन्त मिहिनेती अध्ययनशील र अनुभवी हुनुहुन्छ, उहाँको मन्त्रिपरिषदमा रहेका साथीहरु योग्य र सक्षम हुनुहुन्छ,' आइतबार प्रधानमन्त्रीले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै देउवाले भने, 'उहाँहरुको नेतृत्वमा मुलुकले उन्नतिको बाटो समात्नेछ भन्ने विश्वास लिएको छु ।'
मुलुकको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन स्थिर सरकार आवश्यक परेको देउवाको तर्क गर्दै लक्ष्यमा सरकार सफल हुने बताए । १७ असारमा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिप्रति कांग्रेस दृढ रहेको देउवाले विश्वास दिलाए । साथै नेकपा एमाले पनि यस कुरामा दृढ रहने विश्वास व्यक्त गरे ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।