बनेपामा टीभीएसको नयाँ शोरुम

Share News

काठमाडौं। निर्वेद मोटर्स प्रालिले बनेपामा नयाँ टीभीएस शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमले त्यस क्षेत्रमा मोटरबाइक र स्कुटरको आवश्यकता पूरा गर्ने उद्देश्य राखेको बताइएको छ । शोरुममा टीभीएस सवारीसाधनको प्रदर्शनसँगै स्पेयर पार्ट्स र जगदम्बा मोटर्स प्रालि नेपालका लागि टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक हो ।

देशभर १५० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो बलियो पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको कम्पनीको भनाइ छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, विक्री पश्चात्को उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाको उपलब्धताका कारण ग्राहकको रोजाइमा परेको कम्पनीको दाबी छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।